प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत आउने क्रम तिब्र

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत आउने क्रम तिब्र

  • शुक्रबार, जेष्ठ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काडमाडौं,१ जेठ । 

प्रधानमन्त्रि दैविक उद्धार कोषमाम राहत स्वरुप रकम जम्मा हुनेक्रम तिब्र भएको छ । बिमा समिति र विभिन्न बीमा कम्पनीहरुले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ८८ लाख ६० हजार ७ सय १८ रुपैया ६७ पैसा सहयोग गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सी.ले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

सो रकम बीमा समिति, बीमा समिति कर्मचारी परिवार, राष्ट्रिय बीमा संस्थान लगाएत बाट विभिन्न विमा समिति र विमा कम्पनिहरुबाट संकलन गरिएको थियो ।

यस्तै उद्यमी अजय सुमार्गीले  प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा १ करोड रुपैया प्रदान गर्नुभएको छ  । उहाँले सो रकमको चेक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा उद्यमी सुमार्गीले आफूले प्राकृतिक विपक्तिको समयमा पीडितहरुलाई आश्रय लिन सजिलो होस भनेर पाँच क्षेत्रमा सामुदायिक भवन बनाउन लागेको समेत बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज बिहान शाक्य बौद्ध धर्माबलम्बीहरुका तर्फबाट २५ लाख रुपैयाँ प्रदान भएको छ । आजै केबल टीभी नेटवर्कमा समर्पित सुबिसु केबलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैया प्रदान गरेको छ ।

यस्तै फोरम लोकतान्त्रिकका सभासद पवनकुमार सारडाले भूकम्प प्रभावितहरुका लागि एक्लै १० लाख ३८ हजार रुपैयाँ प्रदान गरेका गर्नुभएको छ । उहाँले स्वो रकम आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिमा जम्मा गराउनुभएको हो ।

आफू सभासद भएदेखि पाएको भत्ता र त्यसको ब्याज समेत जोडेर सो रकम प्रदान गरेको सभासद उहाँले बताउनुभयो । सभासद साराड मोरङ व्यापार संघका अध्यक्ष समेत रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी