काठमाडौं, जेठ १ ।
बिनासकारी भुकम्पका कारण हालसम्म ८ हजार ३ सय १९ जनाको मुत्यु भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बैशाख १२ गतेको भूकम्पका कारण मुत्यु हुनेको संख्या ८ हजार २ सय २ रहेको छ ।
यसैगरी मंगलबार गएको पराकम्पनबाट हालसम्म मुत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । बैशाख १२ गतेको भुकम्पबाट १७ हजार ८ सय ७० जना घाइते र मंगलबारको पराकम्पनबाट मात्र २ हजार ७ सय ६० जना घाइते रहेको मन्त्रालयले जनाएको छ । मंगलबारको पराकम्पनबाट मध्य क्षेत्रमा सबैभन्दा धेरै ९९ जना उपत्यकामा ११, पूर्व क्षेत्रमा ४ र पश्चिम क्षेत्रमा ३ जनाको मुत्यु भएको हो ।
यसैगरी बैशाख १२ गतेको भूकम्पका कारण मध्य क्षेत्रमा ६ हजार २२, उपत्यकामा १ हजार ७ सय ६, पश्चिम क्षेत्रमा ४ सय १९, पूर्व क्षेत्रमा ५३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपाली २ सय ५२ र विदेशी १ सय १२ जना बेपत्ता भएका छन ।