राहतका त्रिपाल बदनियतपुर्वक नीजि गोदाममा राख्ने पक्राउ

राहतका त्रिपाल बदनियतपुर्वक नीजि गोदाममा राख्ने पक्राउ

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

३१ वैशाख, काठमाडौं । राहतका लागि भारतबाट ल्याएका त्रिपालहरु बदनियतपुर्वक नीजि गोदाममा राख्ने सिन्धुपाल्चोक थकनी–८ का आङकाजी तामाङलाई मंगलबार महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ ।

नेपाल सरकारले भारतस्थित नेपाली दूताबासबाट खरीद गरी एक ट्रकमा ४ सय ७३ प्याकेटमा राखी ल्याएका ५ हजार थान राहतका त्रिपालहरु तामाङले जिल्ला प्रशासन कार्यालय रुपन्देही वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्नेमा नेपाल भारत सम्पर्क मञ्चले सिन्धुपाल्चोकको लागि पठाएको राहतको सामाग्रीसँगै बदनियतपुर्वक जोरपाटीस्थित आफ्नै नीजि गोदाममा लगी भण्डारण गरेको जानकारी पाउनासाथ प्रहरीले उक्त प्याकेटमध्ये ३ सय ७१ प्याकेट बरामद गरी तामाङलाई पक्राउ गरेको हो ।

बरामद राहतका त्रिपालहरु प्रहरीले केन्द्रीय राहत कोषमा दाखिला गरेको छ भने फेला नपरेका अन्य १ सय २ प्याकेट त्रिपालहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी