मंगलबारको पराकम्पनबाट साँखुमा रहेको उग्रतारा पुस्तकालय ध्वस्त

मंगलबारको पराकम्पनबाट साँखुमा रहेको उग्रतारा पुस्तकालय ध्वस्त

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ,३१ बैशाख ।
मंगलबार दिउसो आएको ६ दशमलब ८ रेक्टर स्केलको भुकम्पले २००७ सालमा साँखुमा खुलेको उग्रतारा पुस्तकालय ध्वस्त भएकोे छ । वैशाख १२ गतेको बिनासकारी भूकम्पले सामान्य क्षति भए पनि पुस्तकालय सञ्चालन हुँदै आएकामा मंगलबारको भुकम्पले पछाडिको घर भत्किएर थिचेका कारण भवन पूर्णरुपमा क्षति भएको पुस्तकालयका अध्यक्ष गोपालाल श्रेष्ठले जानकारी दिनुभयो ।

पुस्तकालयले २००९ सालमा नेपालमा पहिलो पटक बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको थियो जसलाई नेपाल बुद्धिचाल संघले ऐतिहासिक घटनाका रुपमा लिपिबद्ध गरेको छ । इतिहासलाई जोगाउन पुस्तकालयले २०६१ सालमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
सो पुस्तकालयमा तीन हजार महत्वपूर्ण पुस्तक छन् । पुस्तकालयमा नेपाली, नेवारी, हिन्दी, अङ्ग्रेजी, संस्कृत, तामाङ र केही पुस्तक जर्मन भाषाको समेत रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । पुस्तकालयमा विद्यालय र क्याम्पसस्तरका पाँच सय पाठ्यपुस्तक समेत छन ।

भूकम्पले भवन नै भत्काएपछि पुस्तकालयमा पानी समेत छिर्न थालेको छ । ऐतिहासिक धरोहरका रुपमा रहेको पुस्तकालय जोगाउन समस्या परेको पुस्तकालय सञ्चालक समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी