काठमाण्डौ,३१ बैशाख ।
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितका लागि आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कडा कारबाही गर्ने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी संघ लिमिटेडका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ल्याइएको रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले पीडितहरुका लागि आएको राहत रकमको दूरुपयोग गर्नेलाई जेल हाल्ने सम्म चेतावनी दिनुभएको छ ।
भूकम्प ग्रस्त क्षेत्रमा हुने राहत, पुनस्थापना र पुर्नि्निर्माण कार्यमा भ्रष्ट्राचार भए कडा कारबाही गर्न पछि नपर्ने कोइरालाको भनाई छ । महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैया सहयोग गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष केशव बडालले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline