वैशाख ३१, काठमाडौं ।
सभासद अभिषेक प्रताप साहले भुकम्प पीडितलाई एक बर्षको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ । हालै गएको बिनासकारी भुकम्पले र त्यसपछिका पराकम्पनले ठुलो जनधनको क्षती पु¥याएको भन्दै सभासद साहले बिज्ञप्ति मार्फत संविधान सभाबाट प्राप्त गर्ने एक बर्षको सेवा सुविधा पुर्ण रुपमा भुकम्प पीडितलाई प्रदान गर्ने बताउनुभएको हो ।
आफु उद्धार र राहतका लागि विभिन्न जिल्लामा पुगेको बताउँदै सभासद शाहले विपतको बेलामा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग र भाईचारा प्रस्तुत गर्न आग्रह समेत गर्नुभएको छ । मधेशी जनअधिकार फोरमका केन्द्रिय सदस्य समेत रहनुभएका साहले आफ्नो पारिश्रमिक पीडितका लागि खर्चने जानकारी संसद सचिवालयलाई गराउनुभएको छ । साह कपिलवस्तु ५ बाट संविधानसभामा निर्वाचित सभासद् हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline