उपत्यका छाडेर जाने सर्वसाधरणको संख्या फेरि बढ्दो ।

उपत्यका छाडेर जाने सर्वसाधरणको संख्या फेरि बढ्दो ।

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, वैशाख ३१
भूकम्पको त्रासका कारण काठमाण्डौ उपत्यका छाडेर जाने सर्वसाधरणको संख्या फेरि बढेको छ । मंगलबार ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि हिजो मात्रै झण्डै ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

गत वैशाख १२ को भूकम्पको त्रास कम भएसँगै उपत्यका भित्रिएको सर्वसाधरण मंगलबारको शाक्तिशाली भूकम्पको धक्का पछि पुनः काठमाडौ छाड्ने क्रम बढेको छ ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ४० गाडीमा  ४९ हजार ८ सय यात्रु भित्रिएका छन् भने  ६ हजार ६ सय ६ वटा गाडीमा ४९ हजार १ सय ६१ यात्रु बाहिरिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ