काठमाडौं , ३० वैशाख ।
बैसाख १२ गते गएको विनाशकारी भूकम्पले भोटेकोशी जलविद्युत आयोजना पुरिएको छ । आयोजनाको पावर हाउसमा पानी पठाउने पाइपहरु फुटेर संरचना बगेपछि करिव ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
वैशाख १२ गते गएको पहिलो झड्काले ठूला ढुंगाहरु झरेर आयोजनाका पाइपहरु कुच्चिएका थिए । दोस्रो दिन गएको भूकम्पबाट झनै ठूला ढुंगाहरु झरेर पाइप ध्वस्त भएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले बताएका छन ।
नै भाचिएपछि करिव ४ किलोमिटर टनेलमा जमेको पानी जोडले पावर हाउसमा पसेर आयोजना तहस नहस भएको हो। ‘पहिलो दिनको भूकम्पपछि ड्याम बन्द गरिएको थियो, तर दोस्रो दिन पाइप फुटेर टनेलमा जम्मा भएको पानी र लेदो जोडले बगेर पावर हाउसमा पसेपछि सबै संरचना बगाएको दहालको भनाई छ ।
आयोजनाको बिल्डिङ देखिए पनि भित्रका औजारहरु समेत नदिले बगाएको छ । आयोजनाको पावर हाउसमा अन्डरग्राउन्ड ४ तला रहेको थियो । त्यो ४ तला माथिबाट जोडले आएको लेदोयुक्त पानीले भरिएको छ ।
कूल ४५ मेगाबाट क्षमताको यो आयोजना बगरमा परिणत भएको हुँदा कहालीलाग्दो अवस्थामा देखिएको दाहालले बताए । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर भूकम्पका ठूला झड्का गएपछि सो क्षेत्रमा पहिरो जाने क्रम रेकिएको छैन ।

