जेठ १५ सम्म विद्यालय बन्द रहने

जेठ १५ सम्म विद्यालय बन्द रहने

  • बुधबार, बैशाख ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

शिक्षा मन्त्रालयले भूकम्पबाट अति प्रभावित जिल्लामा आगामी जेठ १५ गतेसम्म पठनपाठन बन्द गराएको छ । यसअघि जेठ १ गतेदेखि पहिले विद्यार्थीलाई मनोपरामर्श दिई विद्यालय खोल्ने तयारी भइरहेका बेला आजको भूकम्पको धक्कापछि मन्त्रालयले विदाको अवधि थपेको हो । मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार अति प्रभावित १४ जिल्लामा १५ गतेसम्म पढाइ बन्द गराउने र अन्य जिल्लामा क्षतिको विवरण हेरी जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयका आधारमा जिल्ला शिक्षा कार्यालयले निर्णय गर्नेछ । नयाँ शैक्षिक सत्र हरेक वैशाख पहिलो हप्तादेखि सुरु हुने प्रचलन छ ।
भूकम्पबाट प्रभावित जिल्लामा अधिकांश विद्यालय भवनमा क्षति पुगेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार भइनसकेको भनी गुनासो आएको थियो ।
काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रका निजी विद्यालयले आगामी जेठ १ गतेदेखि कक्षा सञ्चालनमा ल्याउन कतिपय चर्किएका भवनमा पनि कृत्रिम टालटुल र रंगरोगन गर्दै थिए । त्यसबाट अभिभावकहरु विद्यार्थीको सुरक्षा नहुने ठानी चिन्तित थिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी