काठमाडौं, ३० वैशाख ।
हिजो मध्यान्न १२ ः ५० को शाक्तिशाली भूकम्पपछि आज बिहानसम्म ३५ वटा भूकम्पका धक्का महसुस भएको छ । हिजो मध्यान्न १२ बजेर ५० मिनेटमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि आज बिहान ४ बजेर ३८ मिनेट सम्ममा ३५ वटा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हालसम्म ६ रेक्टर माथिका २ वटा, ५ रेक्टर माथिका १० वटा र ४ रेक्टर माथिका २३ वटा भूकम्प गएको छ । दोलखा केन्द्रबिन्दु भएर २८ वटा भूकम्पको धक्का महसुस भएका छन् ।
यसैगरी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ७ वटा, रामेछाप केन्द्रविन्दु भएर २ वटा, धादिङ र काठमाडौं केन्दूबिन्दु भएर एक एक वटा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द«ले जनाएको छ ।
यसअघि वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प पछि ४ रेक्टर माथिको १ सय ६० वटा भूकम्पको धक्का आइसकेका छन् ।