काठमाडौ, वैशाख २९
दक्षिण कोरियाको छनानमा एक नेपालीको मृत्यु भएको छ । संखुवासभा जिल्ला घर भइ हाल छनान् मा कार्यरत सन्तवीर राईको छनानस्थित दाङगो युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
३ दिनअघि भर्ना भएका उनको हिजो मृत्यु भएको रुपन्देही सम्पर्क समितिका उपाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । ४ वर्षअघि १० वर्षको भिसा सकाई राई पुन सिविटी मार्फत ८ महिना अघि कोरिया पुगेका थिए । उनी स्टिल पाईप सम्बन्धी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।
उनको शव अहिले अस्पतालमा नै राखिएको छ भने मृत्युको कारण खुल्न सकेको छैन । घटनाको बारेमा दुतावासलाई जानकारी गराईसकेको र दुतावासबाट आज प्रतिनिधि पठाउने तयारी भएको उनीसँगै कार्यरत एक नेपालीले जानकारी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline