एशियाली विकास बैंकले ३० लाख अमेरीकी डलर प्रधानमन्त्री राहत कोषमा

एशियाली विकास बैंकले ३० लाख अमेरीकी डलर प्रधानमन्त्री राहत कोषमा

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बैशाख २८ काठमाण्डौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार विभिन्न दातृ निकाय तथा संस्था र कम्पनीहरुबाट सहयोग जम्मा हुने क्रम तीव्र भएको छ । यसै सन्दर्भमा आज मात्रै एशियाली विकास बैंकले ३० लाख अमेरीकी डलर जम्मा गरिदिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा एशियाली विकास बैकका कन्ट्री डाइरेक्टर केनिची योकोयामाले बैंकका तर्फबाट दिइएको ३० लाख डलर सहयोग प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा अप्रत्यासीत रुपमा आएको विकासकारी भूकम्पबाट पीडित भएका नेपालीहरुलाई सहयोग गरेकोमा एशियाली विकास बैंकलाई धन्यवाद दिए ।
सो अवसरमा नेपालका आवासीय राष्ट्िरय प्रतिनिधि योकोयामाले एशियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले नेपालमा आएको विनासकारी भूकम्पमा परी मृत्युवरण गरेका नेपाली र भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रभावित नेपालीहरुप्रति सहानुभूति र स्वजन गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको समवेदना सन्देश समेत दिएका थिए ।
त्यस अवसरमा अर्थमन्त्री डा. रामशरण महत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार सुबीर खनाल, परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई,अर्थसचिव सुमन शर्मा, राष्ट्िरय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्ले लगायत उपस्थित थिए ।
यसै गरी आजै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सूर्य नेपालका तर्फबाट १० करोड रुपैया प्रदान गरिएको छ ।
कम्पनीका कार्यकारी अधिकृत रवि केसीले रु १० करोडको चेक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
यसैगरी एभरेष्ट बैंक ले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैया प्रदान गरेको छ । बैकका सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यको नेतृत्वमा गएका बैंकका प्रतिनिधिहरुले सो रकमको चेक हस्तान्तरण गरेका थिए ।
यस्तै प्रधानमन्त्री राहत कोषमा सिल्भर हेरिटेज प्रा.लिले २२ लाख रुपैया प्रदान गरेको छ ।
कम्पनीका ह्यूह होल्मले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
अन्तराष्ट्रिय संस्था र दातृ निकायहरुबाट ठूलो रकमको आस्वासन आए पनि रकम भने अझै जम्मा भईसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी