तेह्रथुम, वैशाख २८ ।
तेह्रथुमको जिल्लाको आठराई सक्रान्ती स्थित लिसिबुङ र नासिबुङ गाउमा अज्ञात रोगको महामारी फैलिएको छ ।सक्रान्ती गाबिसको वडा नम्बर २ र ३ को उक्त गाउहरुमा केहि दिन एता अज्ञात रोगको महामारी फैलिएको हो ।
उक्त बस्तीको स्थानिय बासिन्दाहरुमा अत्याधिक ज्वरो आउने,हात खुट्काको जोर्नी दुख्ने ,रिंगटा चल्ने,रुघाखोकी लाग्ने लगायतको लक्षणहरु देखिएकाछन् ।गाउका प्रत्येक घरमा एक देखि दुईजना सम्ममा उक्त किसिमको महामारीको लक्षणहरु देखा परेकोछ ।
उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सक्रान्तीमा दैनिकरुपमा १५ देखि २० जना सम्म बिरामीहरु आउने गरे पनि उक्त स्वास्थ्य चौकीमा सिटामोल बाहेकका अन्य कुनै उपलब्ध नभएको सोही बिरामले ग्रसित स्थानिय केबी क टुवालले बताउनुभयो ।उहाका अनुसार थप औषधी बाहिरको औषधी पसलमा किन्नु परेकोछ ।
यता प्राथमिक स्वास्थ्य चौकी सक्रान्तीले भने उत्त किसिमको माहामारी फैलन नदिने पहल सुरु गर्ने भएको छ