काठमाण्डौ,२८ बैशाख ।
भक्तपुर जिल्लामा बैशाख १२ गते गएको बिनासकारी भुकम्पमा परेर १६ करोड भन्दा बढी मुल्य बराबरका पशुपक्षी मरेका जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
बिनासकारी भूकम्पका कारण सो जिल्लामा १ लाख ४७ हजार ८ सय ४२ वटा पशुपंक्षी मरेको जिल्ला पशु सेवा कार्यालय भक्तपुरले जनाएको छ ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख डा.बलबहादुर चन्दका अनुसार गाई १ सय ३९ वटा, भैसी १३ वटा, बाख्रा २ सय ५८ वटा, भेडाँ ९ वटा, बंगुर २३ वटा, कुखुरा एक लाख ४७ हजार चार सय वटा मरेका छन भने अण्डा एक लाख ९८ हजार ९ सय वटा नष्ट भएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline