राहत वितरण गर्न नसकेको भन्दै कांग्रेसका सभासदद्धारा सरकारको चर्को आलोचना

राहत वितरण गर्न नसकेको भन्दै कांग्रेसका सभासदद्धारा सरकारको चर्को आलोचना

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,२८ बैशाख ।
सतारुढ दल नेपाली कांग्रेसका सभासदले भूकम्पपीडिलाई प्रभावकारी रुपमा राहत वितरण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन । नयाँ बानेश्वरस्थित संविधान सभा भवनमा विहान बसेको काग्रेस संसदीय दलको बैठकमा उनीहरुले भूकम्प प्रभावित क्षेत्रको उद्दार तथा राहत वितरणमा सरकार असफल भएको बताएका छन ।

बैठकमा संभासद बालकृष्ण खाँडले पीडित परिवारलाई सरकारले दिने राहत प्रभावकारी नभएको भन्दै तत्काल उनीहरुका आधारभूत आवश्यकता पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा अधिकांस सभासदले भूकम्प पिडितको उद्दार तथा राहतमा भएको कमी कमजोरीको आलोचना गरेका छन ।

संकल्प प्रस्तावमा समावेश नभए पनि जस्ता पाता र घर निर्माणका लागि तत्कालै रकम उपलब्ध गराउन माग गरिएको सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।  सरकारले संसदमा संकल्प प्रस्ताव पेश गरेलगत्तै हिजोबाट सुरु भएको कांग्रेस संसदीय दलको बैठक सभासदहरुले बोल्ने क्रम नसकिएपछि भोलि बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी