काठमाडौं, २८ वैशाख ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नतिजाअनुसार चितवन मेडिकल कलेजका सबैभन्दा बढि विद्यार्थी पास भएका छन् ।
चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थी परीक्षमा सहभागए भएकोमा ६० जना पास भएका छन् । सो कलेजका ८३.३० प्रतिशत विद्यार्थी पास भएका हुन् । प्रकाशित नतिजा अनुसार चितवन मेडिकल कलेजका विद्यार्थी मनोज सुवेदी त्रिविकै उत्कृष्ट भएका छन् ।
त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना (७३.४३ प्रतिशत) पास भएका छन् भने नेशनल मेडिकल कलेज वीरगंजका १ सय ७० जना विद्यार्थीले परीक्षा दिएकोमा ५२ जना (३०.६४ प्रतिशत) विद्यार्थी पास भएका छन् ।
त्यस्तै किष्ट मेडिकल कलेजका १ सय ४ जना विद्यार्थीमध्ये ६८ जना (६५.३८ प्रतिशत), युनिर्भसल मेडिकल कलेजका १ सय ८३ जना मध्ये ९१ जना (५१.४१ प्रतिशत) पास भएका छन् ।त्यस्तै जानकी मेडिकल कलेजका ४६.६६ प्रतिशत विद्यार्थी पास भएका छन् ।