गोरखाको बारपाक आसपासदेखि पूर्वको खुम्बुक्षेत्र सम्मका २० भन्दा बढी हिमताल जोखिममा ।

गोरखाको बारपाक आसपासदेखि पूर्वको खुम्बुक्षेत्र सम्मका २० भन्दा बढी हिमताल जोखिममा ।

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ, वैशाख २८ ।

महाभूकम्पको केन्द्रविन्दु बारपाक आसपासदेखि पूर्वको खुम्बुक्षेत्र सम्मका २० भन्दा बढी हिमताल भूकम्पको धक्काले छचल्किन वा कमजोर स्थानमा भासिनसक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क राख्न विशेषज्ञहरूले सुझाव दिएका छन् ।

भूकम्पको झड्काले पानी बाहिरिने सम्भावना रहेकाले सम्भावित दुर्घटनाबाट बच्न बेलैमा सतर्क रहनु पर्ने काठमाडौं विश्वविद्यालयका हिमक्षेत्र जलवायु विपत् अध्ययन केन्द्रका प्रमुख डा. रिजनभक्त कायस्थले बताउनु भयो । लम्जुङ–गोरखा सीमा मनास्लुदेखि खुम्बुक्षेत्रसम्म २० भन्दा बढी हिमताल छन् ।

तीमध्ये मस्र्याङ्दी नदी प्रणालीको शिरस्थित ठुलागी, तामाकोसी नदी प्रणालीको शिरस्थित च्छो रोल्पा र दुधकोसी नदी प्रणालीको शिरस्थित इम्जा हिमताल बढी जोखिममा रहेको उहाको भनाई छ । पूर्वको तल्लो वरुण हिमताल पनि जोखिममा  रहेको छ ।

अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले यसअघि गरेको अध्यायनले पनि  हिमाली क्षेत्रका साना अरू हिमताल समेत ठूला भूकम्प आउँदा फुट्न सक्ने देखाएका छन । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम वृद्धिले त्यो खतरालाई बढाइरहेको विज्ञहरू बताउँछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी