काठमाडौ २८ वैशाख ।
वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पर्याप्त संख्यामा त्रिपाल पुर्याउन नसकिएपछि सरकारले जस्तापाता वितरणका लागि गृहकार्य सुरु गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा सवैभन्दा बढी त्रिपालको माग भइरहेकाले वैकल्पिक ब्यवस्थाका रुपमा तत्काललाई जस्तापाता वितरण गर्न लगेको वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापालले बताउनु भयो ।
भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोरखा, काठमाडौ, भक्तपुर, ललितपुर, रसुवा, काभ्रे, ओखलढुंगा लगायतका १५ जिल्लामा अत्याधिक संख्यामा त्रिपालको माग हुन थालेपछि वैकल्पिक रुपमा सरकारले जस्तापाता पठाउने तयारी गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा पाँच लाख थानभन्दा बढी त्रिपालको माग भइरहे पनि हालसम्म दुई लाख ३२ हजार थान त्रिपाल मात्र वितरण गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline