नेपाल टेलिकमद्धारा २७ करोड ७५ हजार प्रदान

नेपाल टेलिकमद्धारा २७ करोड ७५ हजार प्रदान

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,२७ वैशाख ।
विनाशकारी महाभूकम्पबाट प्रभावित जनतालाई नेपाल टेलिकमले २७ करोड ७५ हजार रुपैयाँ उपलब्ध गराएको छ । टेलिकमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई हस्तान्तरण गरेको छ ।

भूकम्प पीडितलाई उक्त रकम टेलिकम र त्यहाँ कार्यरत कर्मचारीहरुले उपलब्ध गराएका हुन् । टेलिकमको तर्फबाट २५ करोड रुपैयाँ र कर्मचारीको तलवबाट २ करोड ७५ हजार रुपैयाँ संकलन गरिएको हो ।

आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी टेलिकम र कर्मचारीको तर्फबाट छुट्टा(छुट्टै चेक हस्तान्तरण गरिएको छ । टेलिकमको तर्फबाट २५ करोडको चेक सूचना तथा सञ्चार सचिव सुनिलबहादुर मल्ल र कर्मचारीले संकलन गरेको २ करोड ७५ हजारको चेक प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा सञ्चालक समितिका पदाधिकारीहरुको ३ वटा बैठक भत्ता बराबरको ८१ हजार ६ सय रुपैयाँ पनि कोषमा उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

यसैबिच भूकम्पका कारण  घोषणा गरेको छ । नेपाल सरकारको निर्देशन एवं योजनाको परिधिभित्र रहेर आगामी तीन बर्ष्भित्रमा उक्त रकम खर्च गरिने टेलिकमले जनाएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु मध्ये प्राथमिकताको आधारमा काठमाडौंको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौंको स्वयम्भुनाथ, ललितपुर र भक्तपुरको दरवार स्क्वायर र भूकम्पबाट अति प्रभावित क्षेत्रका सामुदायिक विद्यालयहरुको पुनर्निर्माणमा उक्त रकम खर्चिने टेलिकमले स्पष्ट पारेको छ ।

टेलिकमले भूकम्पका कारण घरबार गुमाई अस्थाई शिविरहरुमा बसोवास गरिरहेका भूकम्प पीडितहरुलाई आफन्तजनसँग सम्पर्क गर्न सुविधाजनक बनाउने उद्देश्यले अस्थाई शिविरहरुमा वाइफाई हटस्पट सेवा निःशुल्क रुपमा सञ्चालन गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी