भूकम्प पीडितलाई टेलिकमको सत्ताइस करोड सहयोग

भूकम्प पीडितलाई टेलिकमको सत्ताइस करोड सहयोग

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

आईतबार , २७ वैशाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालालाई २७ वैशाखमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

टेलिकमले कम्पनीका तर्फबाट रु २५ करोड, कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको रु दुई करोड ७५ हजार ४७४ र ९६ पैसा र सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ता बराबरको रु ८१ हजार ६०० गरी रु २७ करोड एक लाख ५७ हजारको चेक हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

टेलिकमले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौँको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौँको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर एवम् भूकम्पबाट अतिप्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि तीन वर्षभित्र रु एक अर्ब खर्च गर्ने पनि आचार्यले बताए ।

यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले रु पाँच करोडको चेक र एसियन डिस्टीलरीका अध्यक्ष विजय साहले रु एक करोड पाँच लाखको चेक पनि कोषमा जम्मा हुने गरी प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी