बैशाख २७ काठमाण्डौं । नेपालकै सवै भन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बैशाख १२ गतेको भूकम्प पीडित जनताको सहयोगका लागि एसएमएसबाट राहत संकलन गर्ने भएको छ ।
टेलिकमको जिएसएम र सिडीएमए प्रविधिका मोबाईलबाट १५०२५, १५०५० तथा ५११०० नम्बरमा हेल्प टाईप गरी एसएमएस पठाउदा सम्बन्धित ग्राहकको तर्फबाट क्रमश: २५ , ५० र सय रुपैया काटिएर राहतका लागि रहने छ ।
राहत एसएमएसका लागि कुनै शुल्क नलाग्ने पनि टेलिकमका नायव प्रवन्ध निर्देशक सुभाष चन्द्र शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी पैसा जम्मा भए जति पारदर्शी रुपमा वेभसाईटमा राख्ने र आवधिक रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने पनि नायव प्रवन्ध निर्देशक शाहद्धार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline