भूकम्पले दिएको चुनौतिलाई अवसरमा बदल्न राष्ट्रिय शक्तिहरु एक ठाँउ उभिनु पर्छ ः दाहाल

भूकम्पले दिएको चुनौतिलाई अवसरमा बदल्न राष्ट्रिय शक्तिहरु एक ठाँउ उभिनु पर्छ ः दाहाल

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,२७ बैशाख ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भूकम्पले दिएको चुनौतिलाई अवसरमा बदल्न राष्ट्रिय शक्तिहरु एक ठाँउ उभिनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।भूकम्पको केन्द्रबिन्दु बारपाक र आसपासका लाप्राक, गुम्दाको भ्रमण गरेर फर्केपछि प्रचण्डले स्ांचारकर्मिहरु संग कुरा गर्दै स्वो कुरा बताउनुभयो ।

विपत्तीको बेला एकता कायम हुन नसके राष्ट्र धारासायी हुने खतरा बढ्ने उनको भनाई थियो । स्वदेशी बिदेशी सहयोगको कमाण्ड कन्ट्रोल नेपाल सरकारले गर्नुपर्ने भन्दै, प्रचण्डले सरकार कमजोर भए राजनीतिक दल, राज्य र जनता कमजोर बताउनुभयो । विपत्तीका बेला आएको सहयोग सरकारको नेतृत्वमा राज्य कोषबाट मात्रै खर्च गरिनुपर्ने उहाँको सुझाव छ ।

राष्ट्रिय विपदको बेला ‘एमाओवादीका लागि सरकार प्राथमिकता नरहेको, र‘राष्ट्रिय सरकार बन्ने भए आफुहरु बाधन नरहेको समेत स्पष्ट पानुभयो । दिए । विपद व्यवस्थापन र नवनिर्माणका लागि शक्तिशाली प्राधिकरण तत्काल आवश्यक पर्ने उहाँले बताउनुभयो । राष्ट्रिय विपत्तीले दलहरुलाई लचिलो बन्न प्रेरणा दिएको समेत दहालको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी