काठमाण्डौ,२७ बैशाख ।
प्यूठानमा आज भएको सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ । प्यूठानको तिराम–४ थक्लेमा बा ११ च १० ५३ नम्बरको निजी कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मुत्यु भएको प्युठान प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङको लालमटिया–४ का ६५ वर्षका कृष्ण गैरे उनकी ६० बर्षिया श्रीमती तीला गैरे र ४० बर्षिय छोरा रुकेश गैरेको मुत्यु भएको हो । स्वर्गद्वारी दर्शन गरेर दाङको लालमटिया देउखुरी फर्कदै गरेको कार माडी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ वर्षकी मिया गैरेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline