प्रतिकम्पनको क्रम रोकिएन,आज बिहान मात्रै दुई ओटा धक्का महशुस

प्रतिकम्पनको क्रम रोकिएन,आज बिहान मात्रै दुई ओटा धक्का महशुस

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं,२७ बैशाख। 

महाबिनासकारी भुकम्पपछि प्रतिकम्पनका धक्का जाने क्रम अझै रोकिएको छैन । प्रतिकम्पनका धक्का घटे पनि आइतबार बिहान पनि दुई धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आइतबार बिहान ६ बजेर ३४ मिनट जाँंदा सिन्धुपाल्चोक केन्द्र बिन्दु भएको ४ दशमलव ४ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो । त्यस्तै राती १ बजेर ५० मिनट जाँंदा सिन्धुपाल्चोक–तिब्बत केन्द्रबिन्दु भएको ४ दशमलव २ रेक्टोस्केल मापन गरिएको भुकम्प गएको थियो ।

केन्द्रका अनुसार शनिबार भने ४ दशमलव माथिको एउटा मात्र भुकम्प गएको थियो । शनिबार राती ३ बजेर ८ मिनट जाँंदा रसुवा केन्द्र बिन्दु भएको ४ दशमलव १ रेक्टोस्केलको भुकम्प गएको थियो । गत बैशाख १२ गतेपछि शनिबार सबैभन्दा कम भुकम्प गएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी