भूकम्पकै कारण सगरमाथा आरोहण रोकियो

भूकम्पकै कारण सगरमाथा आरोहण रोकियो

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ , २७ बैशाख ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण यो वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण रोकिएको छ । भूकम्पका कारण सगरमाथा आधार शिविरमा गएको पहमपहिरो र पटक पटक गइरहेको भूकम्पका धक्काले जोखिम बढाएका कारण आरोहण बन्द भएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए ।

विभाग आरोहण रोक्ने पक्षमा नभए पनि आइसफल डक्टरले बाटो बनाउँन नसक्दा सगरमाथा प्रदूषण नियन्त्रण समितिले आरोहण गर्न नसकिने जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

समितिले अब यो वर्ष बाटो बनाएर आरोहण गर्दा नभ्याईने जानकारी दिएको छ । यस पटक गएका अधिकांश आरोहीसमेत फिर्ता आइसकेकोले आरोहण हुन नसक्ने विभागले जनाएको छ ।अब आवश्यक तयारी पूरा गर्न र आधार शिविरबाट आरोहण अभ्यास गर्न नभ्याइने भएकोले आरोहण नहुने विभागको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी