काठमाडौं, २७ वैशाख ।
सरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ ।
अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline