लाङटाङमा दुई दिनदेखि हिमपहिरो, हराइरहेकाहरुको शव खोज्न समस्या

लाङटाङमा दुई दिनदेखि हिमपहिरो, हराइरहेकाहरुको शव खोज्न समस्या

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, २७  बैशाख

लाङटाङमा दुई दिनदेखि हिमपहिरो झरेपछि हराइरहेकाहरुको शव खोज्न समस्या भएको छ । शुक्रवारदेखि झरेको हिमपहिरोले बेपत्ताको खोजी गर्न समस्या भएको रसुवा प्रशासनले जनाएको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

हिमपहिरोका कारण हराइरहेकाहरुको खोजी गर्न समस्या आएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए । उनका अनुसार हराएकामध्ये ९० जनाको शव फेला पारी परिवारको जिम्मा लगाइसकिएको छ ।

हिमपहिरोमा तीनसय जना हराइरहेको जानकारी प्राप्त भएको उनले बताए । देशकै प्रमुख पर्यटकीय क्षेत्र लाङटाङमा १५ दिनअघि गएको भूकम्पपछि झरेको हिमपहिरोमा ९० जनाको शव शनिबारसम्म निकालिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी