कविता :केवल हुङकार…………..

कविता :केवल हुङकार…………..

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एक पछि अर्को गर्दै
यो धर्तीका धेरेै बहादुरहरु आए
न तिनका नङग्रामा
औजार रुपी बीष थिए
न त अमृत नै
तैपनि तिनका मुक्काले
उसलाईहानिरहे
एक पछि अर्को इतिहाँस फेरियो
तर पनि
पृथ्वीको अर्धगोलाकार परिधि फेरिन सकेन
पृथ्वी गोलोछ भने झै
उसका मनोदशाहरु फुटबल झै उफ्रिरहे
यो एकले मुक्का हान्छ
छिनमा अर्कोले उछिन्छ
बिचरा भकुन्डो कहिल्यै लक्ष्यमा पुग्न सकेन
न हार भयो न त जित
धेरैले पोलमा प्रहार गरे
तर गोल हुन सकेन ।
समय फेरियो
धेरैले मलमपटीको प्रयास नगरेका होइनन
तर
युद्ध, अशान्ति , र रोगमा लड्दै जाने आँट सबैले रोजे
त्यसैले त आज सम्मको यात्रामा उनी अटाए
तर
सिङगो देशको नाममा उनलाई
टुक्रा टुक्रा पारियो ।
बर्ग, धर्म र लिङग बिभाजनका रेखा कोरियो
यसमा धेरै खेलाडी जन्मिए
बिचरा भकुन्डोलाई मुक्कै मुक्काले हानिरहे ।
कोही गोलको लक्ष्यमा पुग्छन् त
कोही बिचैमा घाइते हुन्छन ।
तर
खेलाडी जहिल्यै जतिको त्यति नै
कस्तो बिडम्वना
नयाँ खेलाडी प्रबेश गरे पनि
सबै उस्तै जर्सीमा
बिचरा भकुन्डोलाई के थाहा
सबैले तोजापुर गोद्दै रमाए ।
हेर्दा सबै समान जस्तो
कोही गोल गरे पनि पराजित
त कोही गोल नगरे पनि बिजयी
कस्तो ब्यथा यो
बिजय र पराजयमा त्यो भकुन्डोलाई के थाहा
ऊ जहिल्यै खेलाडीको खुट्टाले नै
लात मार्दा पनि दुःख मानेन
शीरमा राखेर चुम्मन गर्दा पनि हाँसेन
उसले आफ्नो धरातललाई जीत र हारमा जोडिरहयो ।
न त उसको भूगोल न छ उसको भूमिका
तैपनि ऊ माथि शंका छ ।
लोभ र दरिद्रतालाई एकै ठाउमा राख्दा
यिनका पिसाचहरुलाई के सम्बोधन गर्ने
देशलाई शीरसँग जोडेर
खुट्टा र हातको कर्म थलोमा
पेटलाई भौतिकतासँग जोड्दा
बर्ग–बर्ग दुश्मनको जन्मसम्म नियाल्दा
राज्यलाई मस्तिष्क , पेट र यौनिकतासँग जोडेर
संसार नाङिगदैछ
किन कि
बिचरा बुद्धु मान्छे
बुद्धि, बिबेक र दरिद्रता एकै ठाउँमा राख्न पुग्छ
देश र अस्तित्व गन्तब्यबिहिन बन्दा
उर्फ त्यो भकुन्डो चाल बाजी गर्दै
संसार खोजिरहेको छ।
केवल उसका लागि
तिम्रा लागि
मेरो भन्दा धेरै उहाँका लागि
केवल हुङकारका लगि………… ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी