विपदमा जनता रुदा किन हाँसे प्रधानमन्त्री

विपदमा जनता रुदा किन हाँसे प्रधानमन्त्री

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

वैशाख १२ गते शनिबार बिहान ११ : ५६ मा अचानक धर्ती हल्लियो ,मान्छेको कोलाहल र चिच्याहट ! कतै गुहार मागिरहेका थिए त कतै भगवानलाई पुकार्दै रोईरहेका थिए नेपालीहरु ,त्यतिबेला नेपालका प्रधानमन्त्री शुसिल कोईराला भने एसियाली–अफ्रिकी मुलुकको ६०औा सम्मेलन सकेर इन्डोनेसियाबाट बैंककका लागि आकाशमा उडिरहेका थिए । आफ्नो देशमा आएको महाविपतकोे समाचार उनले भन्दा पहिले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाईसकेका रहेछन् । र, उनेले  तुरुन्त “नेपालमा ठुलो भूकम्प आएको खबर छ । हामीले सम्भावित क्षती र जोखिम  सम्म पुग्नको लागि जानकारी लिइरहेका छौ”  भन्दै ट्विट गरे ।

उता बैंकको विमानस्थलमा उत्रदासाथ प्रधानमन्त्रि सुसिल कोइरालाले आफ्नो मुलकमा ठुलो भुकम्प आएको खबर सुने । भुकम्पको खबर मोदीको ट्विटमा देखेपछि प्रधानमन्त्री कोइराला एकाएक झस्कीए । प्रधानमन्त्रीका सचिवालय कर्मचारीका अनुसार स्वागतका लागि विमानस्थल पुगेका थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले ‘हाम्रो मुलुकमा ठूलो भूकम्प गयो प्रधानमन्त्रीज्यू’ भनेपछि प्रधानमन्त्रीले आधिकारिक खबर पाए। जतिबेलासम्म महा–प्रलयले देशका धेरै क्षत्र तवाहा भइसकेको थिए ।

modi tweet 3
नेपालमा आएको भूकम्पको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको ट्विट

 आफ्नो भ्रमणलाई स्थगित गरेर भोलीपल्ट बैसाख १३ गते नेपाल आईपुगे । उनि स्वदेश फर्कदा काठमाडौको बिचमा रहेको धरहरा सधै झै सानकासाथ उभिइरहेको थिएन । पाटन दरबार, भत्तपुर दरबार, हनुमानढोका लगाएत राष्ट्रका वैभब र धरोहर मानिएका प्राय सम्पदाहरु माटोमा मिसिइसकेका थिए । पुरै राजधानी आतङ्कित थियो । आसपासका जिल्लाहरु भग्नावशेष र खण्डरको रुपमा परिणत भएका थिए । सिधा–साधा प्रकृतीका प्रधाानमन्त्रि लागि आँखा अगाडी त्रायमाम अवस्था असामान्य थियो । कहिल्यै कल्पनासम्म नगरेको परिस्थीतिको सामना एकाएक गर्नु पर्दा अब के गर्ने? के नगर्ने? भन्ने अन्योलामा सरकार थियो ।

 सुविधा भोग गर्ने परम्परामा मुर्ति जस्तै प्रतिस्थापन गरिएका मन्त्रिहरुलाई यो विपत्ति गुच्चा खेलेर बस्ने विद्यार्थीलाई एस.एल.सी परिक्षा आएजस्तै थियो । हाम्रा प्राधन्मंत्री र मन्त्रीहरुसंग यो विपतसंग जुध्ने क्षमता थिएन ।

सरकारका मन्त्रीहरु संग न त व्यक्तिग न त  विषयगत दक्षता थियो न त सरकारका मन्त्रालयमा  कुनै सु-ब्यवस्थित संरचना र संयन्त्रहरु थिए । राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी भन्नु हुन्छ ‘यस्तो अस्त-ब्यस्त संरचनाका मुखिया प्रधानमन्त्रि सुसिल कोइराला आफ्नो  खुबि र क्षमताले देशमा आएको महाविपतलाइ सामना गर्न सक्ने अवस्थामा थिएनन् । ‘

 सरकार हतारमा कुनै सामान खोज्दै कोठाभित्रै रन्फनिएको मानिस जस्तै काहाँबाट के गर्ने कुनै उचहार पाइरहेको थिएन । क्षेत्राधिकार विषयमा मन्त्रीहरुबिच वादविवाद चलिरहेको थियो भने उता विदेशी उद्धारकर्मिहरु प्रभावित क्षेत्रमा पुगेर राहात बाढ्दै थिए । लाचारी पनि यतिसम्म देखियो कि  सरकारको बैठक चल्दै गर्दा  आएको एउटा सानो भुकम्पको झड्कामा मन्त्रीहरु  बैठक छोडेर तितरबितर हुनपुगे । बैठक छोडेर भाग्नेमा उमेरले पनि वृद्ध भइसकेका हाम्रा प्रधानमन्त्री सुसिल कोईराला नै अडाडि देखिए ।आपतको घडिमा जनतालई धैर्य र हौसला प्रदान गर्नुपर्नेहरुले  आफ्नै ज्यान बचाउनको लागि  देखाएको लाचारीपनले  जनताहरुले आस मारिसकेका थिए । अवस्था यस्तो भयोकि जनताले  देशको सरकारलाई विर्षिनु प¥यो, आसाको केन्द्र विदेशीहरु बन्ने पुगे ।

देशमाको विपतमा देशकै सरकार ओझेलमा पर्न लागेपछि , प्रधानमन्त्रि मानसिक रुपमै विच्छिप्त भइसकेको देखिन्छ । उनेले भुकम्पको ४ दिनपछि बैसाख १५ गने राष्ट्रबासीको नाममा सम्बोधन गरे । विपतको विषम घडिमा आउने भनिएको उनको सम्बोधनमा सरकारको तर्फबाट केहि नयाँ कार्यक्रम आउछ कि भनेर जनताले आस गरेका थिए । सम्बोधनको क्रममा बेलाबेलामा मुसु-मुसु हास्दै प्रस्तुत भएका प्रधानमपन्त्रीको सम्बोधन– उद्धारमा सहयोग गर्नेहरुलाई धन्यवाद र राष्ट्रिय विपत्तिमा धैर्यधारण गर्न र एकजुट भइ साहसका साथ उद्धारको काममा जुट्न सबैमा अपिल गरेर नियमित कर्मकाण्डमै सिद्धियो । राष्ट्र शोकमा  ,जनता रोइरहेकाबेला देशको कार्यकारी प्रमुख जस्तो जिम्बेवार मानिस मुसुमुसु हाँसेर प्रस्तुत हुदा उनकोे त्यो ब्यावहार अलि अपाच्य हुन पुग्यो । देशलाई ठुलो घाउ लागेकोबेला मलमपट्टी लगाएर घाउलाई सन्चो बनाउनुपर्ने सरकार प्रमुख आफै हल्का रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्रिमा मानविय संवेदना नभएको जस्तो देखियो ।

विश्लेषक डा. केसी फेरे भन्नु हुन्छ ‘परिस्थितीको जवाफदेहिता र लिडरसिपमा चाहिने बडि ल्याङ्वेज प्रधानमन्त्रीमा नभएको कारण उनी बेलाबेलामा अनौठो तरिकाले प्रस्तुत हुने गर्दछन् ।’

स्रोतका अनुसार देशवासीका नाममा संबोधन गर्दा मुख्य सचिव लिलामणी पौडेलले तयार पारेको वक्तव्यको पहिलो पेज नै वेपत्ता भएको थियो । मुख्य सचिव पौडेलले सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललाई बुझाएका थिए । तर जव सम्बोधनको समय आयो प्रधानमन्त्रीका हातमा पहिलो पेज नै भएन र उनले अव्यावहारीक र अपरिपक्कता दर्साउदै मुसुमुसु हासिदिए । प्रधानमन्त्रीको सोहि व्यावहारले विनाशकारी भुकम्पले निम्त्याएको विपदको सामना गरिरहेका नेपाली जनताको घाउमा मलम हैन नुन चुक लगाएको अनुभव गर्न पुगे ।

nepal_2037295f
यस भन्दा अगाडि पनि महत्वपूर्ण परिस्थतीमा प्रधानमन्त्री सुसीलकोइराला अलि असहज तरिकाले पस्तुत हुने गरेको पाइन्छ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदिको नेपाल भ्रमणताका पनि प्रधानमन्त्रि सुसिल कोइराला प्रोटोकल अनुसार प्रस्तुत हुन नसक्दा उनको ब्यापक आलोचना भएको थियो । यसरी स्वास्थ्य अवस्था, उमेर र हडबडाउने बानिले गर्दा उनको वडिल्याङ्वेजमा कहिलेकाही अलिकती गडबडि आउने गरेको देखिन्छ । तर अहिले बेला बेला यस्तै हर्कत देखाउने गरेका प्रधानमन्त्री कोईराला सञ्चारको दुनीयाबाट टाडा रहनेगर्छन् या त उनले आफ्नो सचिवालयमा त्यस्ता परिपक्क व्यत्ति राख्न सकेका छैनन् भन्ने आम नेपाली जनतामा चर्चाको बिषय बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी