काठमाडौ २६ वैशाख।
भूकम्पले निम्त्याएको विनासपछि आम नागरिकबाट सरसफाइ अभियान चलाई रहादा प्रभु बैंक लिमिटेडले पनि मठमन्दिरको सरसफाई अभियान चलाएको छ । वैंकले शनिवार शंखमूलस्थित जगतनारायण मन्दिरको भग्नावशेष व्यवस्थापन तथा सरसफाई गरेको छ ।
विनासकारी भूकम्पका कारण काठमाडौ उपत्यकाका अधिकांश मठ मन्दिर लगायतका ऐतिहासिक धरोहरहरु ध्वस्त भएका छन् ।
बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित करिब ६० जना जना कर्मचारीहरुको सहभागिता रहेको सरसफाई कार्यक्रममा प्रभु मनि ट्रान्सफर एवं प्रभु म्यानेजमेण्टका सञ्चालक र कर्मचारीहरुको पनि सहभागीता थियो ।
बैंकको तर्फबाट जगतनारायण मन्दिर व्यवस्थापन समितिलाई सहयोग स्वरूप सरसफाईमा प्रयोग हुने सामाग्रीहरु (बेल्चा ५ थान, कराई ५ थान र डोको १० थान) हस्तान्तरण गरिएको वैंकले जनाएको छ ।
यसअघि भूकम्पका पीडितहरुको उद्धार तथा राहतको लागि प्रभु समूह अन्तर्गतका विभिन्न कम्पनीहरुबाट “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउनुका साथै विभिन्न जिल्लाहरुमा राहत सामाग्री वितरण गरिसकिएको छ ।