आठ वर्षीया बालिकाले महिनामै कमाउँछिन् एक करोड बढी

आठ वर्षीया बालिकाले महिनामै कमाउँछिन् एक करोड बढी

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

आठ वर्षीया बालिकाको मासिक आम्दानी कति होला ? सामान्यतया आर्थिक उपार्जन गर्नेभन्दा पनि यो उमेर परिवारको भरमा चल्ने उमेर हो । तर,अचम्म ,अष्ट्रेलियाको क्विन्सल्यान्डमा बस्दै आएकी आठ वर्षीया बालीका चार्लीले भने प्रति महिना एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेकी छिन् ।

ती बालीकाले युटुवको सहायताले मासिक एक लाख २७ हजार डलर आम्दानी गर्दै आएकी हुन् । निक नाम चार्ली रहेकी ती बालिकाको पुरा नाम मिनी मार्था स्वीवर्ट हो । उनी केक, पेस्ट्री र क्यान्डी बनाउन मन पराउँछिन् ।

तीन वर्ष पहिले अविभावकको सहायताले युटुबमा एकाउन्ट बनाएकी उनले उक्त एकाउन्टको नाम चार्लीज क्राफ्टी किचन राखेकी थिइन । त्यसैको सहायताले उनले युटुवमा केक पेस्ट्री लगायतका वस्तु बनाउन सिकाउँछिन् ।

युट्युबको सहायताले फुड च्यानल सञ्चालन गर्ने उनले हलिवुड र बलीउडका कलाकारले जस्तै आम्दानी गर्ने गरेकी छिन् । अनलाईन भिडियो विज्ञापन कम्पनी आउटरिगर मिडिया तथा एड एजको फुड च्यानलको सूचीमा उनको च्यानल पहिलो स्थानमा रहेको छ ।

हालसम्म ती बालीकाले सञ्चालन गर्ने फुड च्यानललाई युट्युबमा तीन करोडभन्दा बढी हेरिएको छ । साथै साढे तीन लाखभन्दा बढी मानिसहरुले यसलाई सस्क्राइब समेत गरिसकेका छन् ।

युट्युवमा उनको च्यानल हिट भएपछि उनलाई विज्ञापनको ओइरो लाग्ने गरेको छ । जसले गर्दा उनको कमाई उच्च रुपमा वृद्दि भइरहेको छ । एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी