काठमाडौ २६ वैशाख
अस्थायी आवसका लागि त्रिपालको अभाव भएको गुनासो बढीरहँदा भारतको पश्चिम बंगाल राज्य सरकारले ५० हजार त्रिपाल सहयोग पठाउने भएको छ । भूकम्प पिडितलाई राहत स्वरुप पश्चिम बंगाल सरकारले त्रिपाल उपलब्ध गराउन लागेको हो ।
त्रिपालसँगै ९ हजार मेट्रिक टन चिउरा , १ हजार मेट्रिक टन बेबी फुड तथा ५ हजार थान कम्बल सहितको राहत सामग्री लिएर आज बंगाल राज्य सरकारका एक मन्त्री रक्सौल हुँदै पर्सा आउने महावानिज्य दुत चन्द्रकुमार घिमेरेले जानकारी दिनु भयो । यसअघि गत सोमबार पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनार्जीले एक लाख त्रिपाल सहित राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्नु भएको थियो ।
यसैबीच भारतका लागि नेपाली राजदुत दीपकुमार उपध्यायले विदेश राज्यमन्त्री भिके सिंह र रेलवे मन्त्री सुरेश प्रभूसँग शिस्टाचार भेट गर्नु भएको छ । भेटमा राजदुत उपाध्यायले राहत सामग्री ढुवानीको लागि रक्सौला बहेक जोगवाणी नाका समेत खुला गरिदिन अनुरोध गर्नुभएको छ ।