भत्किएका संरचना पुर्ननिर्माणका लाागि जस्तोसुकै सहयोग गर्न तयारः चीन

भत्किएका संरचना पुर्ननिर्माणका लाागि जस्तोसुकै सहयोग गर्न तयारः चीन

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ ,२६ बैशाख।

मित्र राष्ट्र चीनले महाभुकम्पबाट ध्वस्त भौतिक संरचना पूर्ननिर्माणमा नेपालले चाहेजति सहयोग गर्ने वचन दिएको छ। उत्तरी छिमेकीले त्यसका लागि आवश्यकता खुलाई प्रस्ताव गर्नसमेत आग्रह गरेको खबर आजको कान्तिपुरमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले महाभूकम्पबाट नेपाललाई पुगेको क्षतिप्रति चासो देखाउदै सहयोग गर्ने सन्देश नेपाल सरकारलाई पठाएका हुन् ।
चिनियाँ राजदूत उ छुन्थाईले हालै प्रधानमन्त्री सुशील कोइरालालगायतसँगको भेटमा राष्ट्रपति सिको सन्देश सुनाएका हुन् । छिमेकलाई आपत पर्दा धक फुकाएर सहयोग गर्ने सिले बताएका छन्।

‘चीन नेपालको प्रस्तावमा सहयोग गर्न चाहन्छ । हामी अहिले उद्धार कार्य सकेर बन्द बाटो खुलाउने, भत्किन लागेका घरहरु सुरक्षित रुपमा भत्काएर जोखिम न्यूनिकरण गर्नेजस्ता कामहरु नेपाल सरकारसगको संयोजनमा गरिरहेका छौ,’ चिनिया दूतावासका सूचना अधिकारी जियाङ विले भने।
नेपाल भरपर्दो र पुरानो मित्र भएकाले विपतमा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने चीन सरकारको सन्देश उद्धृत गर्दै जियाङले बताए ।
उनका अनुसार चीन नेपालको पुननिर्माणनिम्ति तत्कालिक र दीर्घकालीन योजनाका कामहरु गर्न चाहन्छ।

चीनले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई समेत उद्धार गरी आफ्नो मुलुकमै राखेर उपचारपछि फर्काएको छ । चीनले खासगरि सीमा क्षेत्रमा बढि सहयोग केन्द्रीत गर्ने नीति लिएको अडकल काटिए पनि यो सन्देशबाट वृहद सहयोगको इच्छा अडकल काटिए पनि यो सन्देशबाट वृहद सहयोगको इच्छ भनिए पनि बृहत रुपमा सहयोगी हात अघि बढाएको हो ।

जियाङले चिनियाँ उद्धार सहयोग टोलीले ६ सयभन्दा बढिलाई उपचार गरेको, सात हजारभन्दा बढी आधुनिक टेन्ट उपलब्ध गराएको र सरसफाइ सचेतनाको काम गरिरहेको बताए। चीनले चिनियाँ रेडक्रस मार्फत छुट्टै सहयोगसमेत गर्दै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी