‘विप्लव’द्धारा बारपाकमा राहत वितरण

‘विप्लव’द्धारा बारपाकमा राहत वितरण

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ, २६ बैशाख ।

नेकपा माओवादीका महासचिब नेत्रबीक्रम चन्द ‘विप्लव’ भूकम्पले केन्द्रबिन्दु बनाएको गोरखाको बारपाक पुगेर शुक्रबार राहत बितरण गर्नुभएको छ ।

विप्लव खाद्यन्न र लत्ताकपडा बोकेर हिजो साँझ पार्टी प्रवक्ता प्रकाण्ड सहित गोरखाको बारपाक पुग्नुभएको हो ।

भूकम्पबाट बढि प्रभावित जिल्लमा उद्दार तथा राहत वितरणका लागी दुई सय युवा दस्ता पठाएको विप्लव माओवादीका महासचिव “विप्लव“ आफै उद्दार राहत सङ्कलन तथा वितरण कार्यमा जुटिरहनुभएको छ ।

यसैको निरन्तरता र भूकम्पबाट पिडित जनताको घाउमा थोरै भएपनि मलम पट्टी लगाउन विप्लव आफै बारपाक पुगेको राहात वितरण टोलीमा सहभागी माओवादी केन्द्रिय सदस्य गुणराज लोहनीले बताउनु भयो ।

काठ्माडौबाट लगिएको खाद्मन्न, पाल, ड्राई फूड लगायतको राहत सामाग्री स्थानिय जितबहादुर घलेको नेतृत्वमा रहेको राहत वितरण संयन्त्र मार्फत पिडितहरुलाई हस्तान्त्रण गरिएको लोहनीले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी