गजल: शहीदको रगतले मुछिएको माटो हेर,,

गजल: शहीदको रगतले मुछिएको माटो हेर,,

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

शहीदको रगतले मुछिएको माटो हेर

देशको हालत झनै खराब प्रगतिको साटो हेर.॥

सपनाको हत्या गर्दै जनबादी लाइन छोडी
शहर पस्दा एक थरीले मोडिएको बाटो हेर ॥

आको छैन साम्यवाद ज्यानकै बाजी लाउदा पनि
सम्झनामा आफन्तको गाला भरि टाटो हेर ॥

अन्यायले एकदिन पक्कै विद्रोहको ज्वाला फुट्छ
राणा शासन, संकटकालको छुट्टाछुट्टै पाटो हेर ॥

देशको भलो गर्छु भन्दै शाशन गर्ने झुट नेता
दाई भन्दा अर्को फेरी भाई कति बाठो हेर ॥

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी