महिलाहरू कहाँ छन् ?

महिलाहरू कहाँ छन् ?

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

आजैको कार्यक्रम हेर्नुस्–

प्रमुख अतिथिको आसन मुन्तिर

पुरुषकै खुट्टाहरू हल्लिरहेका छन्

विशिष्ट पाहुनाको पिर्कामा

पुरुषकै घुँडाले पलेटी कसिरहेका छन्

सभा अध्यक्षको रातो ब्याज

पुरुषकै छातीमा गएर टाँसिएको छ

र उद्घोषक उभिएको पोडियममा पनि

पुरुषकै स्वर गरिरहेको छ ल्याङल्याङ ।

 

 तपाईं चढेको बस हेर्नुस्–

भर्खरै तपाईंलाई धकेलेर पछाडि जाने रुखो हड्डी

त्यो पुरुषकै दाहिने हातको कुहिनो हो

महिला सिटमा आएर बसेको रक्सीको गन्ध

त्यो पुरुषकै स्वासनलीको उच्छवास हो

नक्कली कार्ड देखाएर उल्टै खलासीलाई थर्काइरहेको

त्यो पुरुषकै ओठको कम्पन हो

अन्तिम सिटमा बसेर मोबाइलमा अश्लील भिडियो हेरिरहेका

शिकारीका जस्ता ती जोर आँखा पुरुषकै हुन् ।

 

सत्ताको केन्द्रमा पनि हेर्नुस् अब एकपटक–

प्रधानमन्त्रीको कालो गद्दावाल कुर्चीमा

पुरुषकै बूढो चाक ढसमस्स बसिरहेको छ

सभामुखको डिजिटल माइकमा

पुरुषकै घाँटी बारम्बार खोकिरहेको छ

न्यायलयको सर्वोच्च धुरीमाथि

फडफडाइरहेका छन् पुरुषकै पखेटाहरू

र राष्ट्रपति कार्यालयको चारैतिर

फैलिरहेको छ पुरुष जातिकै गन्ध ।

म पनि हुँ एउटा पुरुष युवा

वैंशसहितको वयस्क ज्यान

अरे हो कविज्यू !

मलाई बताइदिनुस्–

यो देशमा महिलाहरू कहाँ छन् ?

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी