भाग्यमानी सलमान अन्तत जेल जानु परेन

भाग्यमानी सलमान अन्तत जेल जानु परेन

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख २५ एजेन्सी । salman khanबलिउड अभिनेता सलमान खानले जेल जानु नपर्ने भएको छ । गाडी चलाउदा मान्छे हानेर भागेको मुद्दामा अभिनेता सलमानले गरेको धरौटीमा छुट्न पाउने अपिललाई मुम्बई उच्च अदालतले स्वीकार गरेको छ । योसागै सलमानले अब जेल बस्नु नपर्ने भएको हो ।

सलमानले अदालतमा पेश गरेको धरौटीमा छुट्न पाउनु पर्ने अपिलमा सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतको यो फैसलापछि सलमानलाई अब हिरासतमा लिइने छैन । उनले जेल बाहिरै रहेर आफ्नो मुद्दा लड्न पाउने छन् ।

सलमानलाई ३० हजार भारतीय रुपैयाा धरौटीमा छाडिएको सरकारी वकिल प्रदीप घरातले जानकारी दिएका छन् ।

अदालतले सलमानलाई धरौटीमा छाडेपनि तत्कालका लागि उनलाई विदेश जानबाट भने रोक लगाएको छ । यसअघि बुधबार मुम्बईको तल्लो अदालतले सलमानलाई दोषी ठहर गर्दै पााच वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको यो फैसला विरुद्ध सलमानका वकिलले उच्च अदालतमा अपिल गरेका थिए । सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति रक्सीले मातेर गाडी चलाएको आरोप लागेको थियो । सलमानले आफ्नो गाडी सडक पेटीमा सुतेका व्यक्तिमाथि कुदाएको र त्यसबाट एक जनको ज्यान गएको तथा अन्य चार जना घाइते भएको आरोप थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी