बैशाख २५ काठमाण्डौं । दोस्रो ठूलो प्रतिपक्षी राप्रपा नेपालले घरबार बिहिन भएका परिवारलाई प्रति परिवार कम्तिमा ५ लाख रुपैयाा दिन प्रस्ताव गरी व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
राप्रपा नेपालले घर भत्केर वा चर्किएर खुला आकाशमुनी बस्न बाध्य भएका प्रत्येक परिवारलाई एक वर्ष्भित्र घर बनाउन सक्ने गरी कम्तिमा ५ लाख रुपैयाा दिन र ५ वर्षको भाखा राखी थप रकम निब्र्याजी ऋणबापत उपलब्ध गराउन प्रस्ताव सहित शुक्रबार व्यवस्थापिका संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।
राप्रपा नेपालको प्रस्तावमा भूकम्पका कारण ज्यान गुमाएकाका परिवारलाई प्रति मृतक ४ लाख रुपैयाा आर्थिक सहयोग दिन प्रस्ताव गरिएको छ । व्यवस्थापिका संसदको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई लाख रुपैयाामा घर बन्न नसक्ने भएकाले घरबार बिहिनलाई कम्तीमा ५ लाख रुपैयाा दिनुपर्ने तथा भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि तत्काल एकीकृत प्याकेज ल्याइनुपर्ने बताउनुभयो ।