काठमाण्डौ, २५ बैशाख ।
विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा ‘भूकम्प स्मृति स्तम्भ’ निर्माण गरिने भएको छ ।
आज व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पमा मृत्यु भएकाहरुको सम्झनालाई चीर स्थायी राख्न मृतकहरुको अभिलेख रहने गरी एक श्रद्धाञ्जली स्थल सहितको भूकम्प स्मृति स्तम्भ निर्माण गर्ने घोषणा गर्नुभएको हो । यो भुकम्प जस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहने सजगताको प्रतीकको रुपमा रहने उहाँले बताउनुभएको छ ।
सरकारले भूकम्प स्मृति स्तम्भ बनाइने स्थान भने घोषणा गरेको छैन । वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी ७ हजार ८ सय ८५ बढीको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline