काठमाण्डौ ,२५ वैशाख ।
काठमाडौ महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा रहेको सिटी मार्केटका पसलहरु १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगर पालिकाको बागदरबारस्थित कार्यालय उक्त मार्केट रहेको भवनमा सार्नु पर्ने भएकाले महानगरपालिकाले सबै पसल खाली गर्न निर्देशन दिइएको हो ।
गत वैशाख १२ को भूकम्पले बागदरबारस्थित कार्यालय क्षति भएकाले उक्त कार्यालय सिटी मार्केटको भवनमा सार्नु भएकाले १५ दिन भित्र सबै पसल हटाउन निर्देशन दिएको महानगरपालिकाले जनाएको छ ।
यसैवीच भूकम्पका कारण भत्किएका वा जोखिमयुक्त घरहरु भत्काउनुपर्ने भएमा काठमाडौ उपत्यका विकास प्राधिरकरणलाई ततकाल सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
सुरक्षित घरहरुलाई समेत जोखिम र्पुयाउने गरी भूकम्पबाट क्षति भएका भवनहरु पहिचान गरी भत्काउनुपर्ने भन्दै विकास प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरेको हो ।
त्यसका लागि नगरपालिकाको वडा कार्यालय मार्फत वा सिधै सम्पर्क गर्न सकिने काठमाडौ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।