काठमाडौं, २५ वैशाख । गत वैशाख १२ को बिनाशकारी भूकम्पपछि पनि भूकम्पको धक्का आउने क्रम जारी छ । आज बिहान मात्रै तीनओटा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केनद्रले जनाएको छ ।केन्द्रका अनुसार आज बिहान २ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
यस्तै बिहान ६ बजेर १७ मिनेटमा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेकटरस्केलको भूकम्प गएको केन्द्रका प्रमुुख लोक विजयी अधिकारी जाकारी दिनु भयो ।यस्तै, बिहान ८ बजेर१९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प गएको छ ।
वैशाख १२ गते यता हालसम्म ४ रेक्टरस्केल भन्दा माथिका १ सय ५१ वटा भूकम्प गएको केन्द्रले जनाएको छ । विहीबार पराकम्पका तीन धक्का गएका थिए । यसरी साना भूकम्प गइरहँदा ठूलो भूकम्प जाने संभावना नभएका अत्तिनु पर्ने अवस्था नरहेको भूगर्भविद्हरुले बताएका छन् ।५ म्याग्निच्यूडसम्मका धक्काहरु खासै हानीकारक नहुने पनि उनीहरुले बताउँदै आएका छन् ।