राहतका नाममा सडेका सामान नल्याउ

राहतका नाममा सडेका सामान नल्याउ

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

बैशाख २५ काठमाण्डौं । हो , नेपालीहरु आर्थिक रुपले गरीब छन् । यहा अहिले भूकम्पले अझै कमजोर अर्थव्यवस्था अझ धेरै पछाडी पऱ्यो ।
नाना,दाना र छानाको आशमा भूकम्प प्रभावित नेपालीहरु खुल्ला आकाशमुनि बसेका छन् ।
यो पीडामा मल्हम लाउन राहत लिएर आउने विदेशीहरुले नेपालीहरुका लागि खानै नमिल्ने विग्रेको सडेको खाने कुरा ल्याएको खबर बाहिर आए पछि विभिन्न अस्थायी पालमा बसेका भूकम्प पीडितहरुले खबरदारी गरेका छन् ।
गोरखा, सिन्धुपालचोक, नुवाकोट, धादिङ लगायतका विभिन्न ठॉउमा बसेका पीडितहरुका लागि विदेशीले ल्याएको खाद्य सामाग्री अयोग्य देखिएको छ ।
खास गरी भारतबाट आएको म्याद सकिएका पाउरोटी, ढुसी परेको परौठा ल्याएको र त्यसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नष्ट गरेको खबर सार्वजनिक भए पछि पीडितहरुले विदेशीलाई त्यस्तो विग्रे सडेको सामान बोकेर नेपाल नआउन खबरदारी गरेका हुन् ।
नुवाकोट, रसुवा, सिन्धुपालचोक, गोरखा र काठमाण्डौंमा पालमा बसेका केही पीडितहरु समक्ष पुगेर अयोग्य खाद्य सामाग्री बारे सोध्दा आफूहरुलाई केही थाहा नभएको र मिडियामा आए पछि मात्र थाहा पाएको भन्दै उनीहरुले यस्तो सामान नपठाउन भन्दै बरु नेपालीहरु विदेशीको बासी खाना खानु भन्दा मकै भुटेर खाएर बस्न सक्ने बताए ।
बिहिबार मात्रै भारतबाट राहतका लागि आएको १ हजार प्याकेट वैशाली उद्योगको पाउरोटी, कार्गो मार्फत आएको ढुसी परेको परौठा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नष्ट गरिएको थियो ।
यो पाउरोटी भारतमै डेट सकिएर उद्योगमा फिर्ता भए पछि राहत का लागि भन्दै पठाएको बताईएको छ । यसैगरी भारतबाटै आएको अन्य पेय पदार्थहरु पनि वितरणमा रोक लगाईएको छ ।
धेरै खाद्य सामाग्रीहरु मिति सकिएको र विग्रिएको आउन थाले पछि यसको निगरानीमा कडाई गरिएको छ ।

उता सिगापुरबाट ल्याएको ४३ कार्टुन चाउ चाउ पनि मिति सकिएकाले खाद्य निरीक्षण ईकाईले विमानस्थलमै नष्ट पारेको छ ।
यस्तै स्वदेशमै पनि वाणिज्य विभागले अनुगमन गर्ने क्रममा पानी तथा खाद्य सामाग्रीहरुमा गुणस्तर कम देखिएको छ ।

विभागको अनुगमन टोलीले सक्षम फुड एण्ड बेभरेज प्रा लि, अक्वा वेस्ट २० लिटरको पानीको जारमा फोहोर भेटिएको छ ।
उक्त पानी उद्योगको उत्पादन र विक्री वितरणमा रोक लगाईएको वाणिज्य विभागले जनाएको छ ।
हाल विभिन्न भूकम्प प्रभावित १२ जिल्लामा लाखौं मानिसहरु घरबार बिहीन अवस्थामा बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी