पुराना भवन भएका विद्यालय भूकम्पबाट ध्वस्त

पुराना भवन भएका विद्यालय भूकम्पबाट ध्वस्त

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

नुवाकोट, २३ वैशाख ।

भूकम्पमा परी जिल्लाका पुराना भवन भएका विद्यालय भत्किएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार हालसम्म एक सय ३३ विद्यालय भूकम्पबाट भत्केको जानकारी आएको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी सुकदेव नेपालले बताएका छन ।

“पछिल्लो समय बनेका पिलर भएको नयाँ भवनबाहेक अरु सबै भत्केको छ, पिलर भएका कतिपय विद्यालयमा क्षति भएको र सामान्य मर्मत गर्नुपर्ने जानकारी आएको छ” नेपालले भने“पुराना भवन भएको विद्यालयमा पठनपाठनमा प्रभावित हुने भएको छ ।” यो सङ्ख्या अझै बढ्ने बताइएको छ ।

जिल्लामा कुल चार सय ८५ विद्यालय छन् । कक्षा सञ्चालन गर्न सम्भव भएको विद्यालयमा आगामी जेठ १ गतेदेखि विद्यालय खोल्ने र अन्य विद्यालयले पनि अस्थायी कक्षाकोठा निर्माण गरी विद्यालय सञ्चालन गर्ने तयारी भएको नेपालले बताए ।

जिल्लाका कुल विद्यालयका तीन हजार छ सय ६३ कक्षाकोठा रहेकामा तीन हजार दुई सय ४७ कक्षा कोठाको तत्काल मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

महाभूकम्पमा परी जिल्लाका ४३ विद्यार्थी तथा दुई पूर्वशिक्षकसहित १० शिक्षकले ज्यान गुमाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी