डर त्रास देखाएर तेरो आगमनले धेरैलाई बिचल्ली बनाएपनी
बारम्बार धक्का दिएर नेपालीको मन मुटु हल्लाएपनी
लाखौं परिवारलाई घरबार बिहिन बनाएपनी
समयको गती संगै हामी उठ्ने पक्का छ
अब
तेरो डर संगै नेपाली जनताले नाता तोड्नेछन
बरु तेरो आगमन सँग साईनो जोड्नेछन
सयौ धक्का त के , हजारौं र लाखौं धक्कालाई सहर्ष स्विकार गर्ने
नेपालीहरुको साहस्
आहिले पनि त्यत्तिकै अडिग छ
ढलेको त मात्र धरहरा हो , ढलेको त मात्र बसन्तपुर हो ढलेको त मात्र ऐतिहासिक धरोहर हो
भत्किएका हाम्रा धरोहरहरु दुई खुट्टा टेकेर मुट्ठी कसी छिट्टै उठ्नेछन
महान नेपालीहरु छिट्टै नै रातो सलाम पट्काउनको लागि तयार हुनेछन
म देख्दै छु, क्षितिजमा तिम्रो उदय भइरहेको छ
मात्र यती हो कि तिम्रो किरण हरेक बस्तिमा पुग्न बाँकी छ
म देख्दै छु,त्यही बस्तीको गर्भभित्र उकुस्मुकुस भै चहलपहल गरेको दृश्य
मात्र बाँकी यती हो त्यो गर्भबाट झर्नको लागि एकाध बर्ष लाग्न सक्छ
किनकी
तिमी उक्लने भर्र्याङ् हामी बनाउदै हुनेछौ ,
तिमी हिंड्ने बाटो हामी खन्दै हुनेछौ
तिम्लाई रोप्ने बगैचा हामी बनाउदै हुनेछौ
बडो कठोर सँग तेरो आगमनले मरेका हाम्रा लाशहरु
चिहान बाट उठ्ने कोसीस गर्दै छन
अस्ती भर्खर जलाएका ति लाशहरुले
हरेक सपनामा बिकुल फुकिरहेको देख्छु म
म उठ्न वाध्य हुन्छु किनकी हरेक सपनामा मलाई
ति लाश्हरुले प्रश्न गरिरहेका छन
मेरो बस्ती कहाँ छ मेरो गाउ कहाँ छ अनी
त्यही गाउमा लुकामारी खेल्ने पल्लो घरको आइते कहाँ छ ?
तल्लो घरकी सुन्तली कहाँ छे ?
अनी संगै डल्लेसा फोर्ने हाम्रा भुन्टे काका कहाँ छन ?
तेरो आगमनले हामीलाई राष्ट्रभक्ती दिनेछ
बरु तेरो बिनासले हामीलाई
ब्राह्मण , कामी , दमै, राइ, मगर लिम्बु मदेशी र पहाडी भुलाएर
दिनेछ त केबल सचा नेपाली
अनी त्यस्मा तराइ पहाड हिमाल र मदेश हैन
दिनेछ त बरु सिंगो अखण्ड नेपाल
सधैं लुटिएकी मेरी सुस्ता, सधैं ठगिएकी मेरी कालापानी अनी
सधैं बलात्कृत भएकी मेरी दशगजा हेर्नु भन्दा
हजार गुना प्यारो तेरो कम्पन्ले अब जगाउने राष्ट्रभक्ती
निकै प्यारो भयको छ
यसकारण पनि हामी उठ्दै छौ
तेरो आगमनले हराएका हाम्रा सपनाहरु खोज्न थालेक छौ
मेटिएका हाम्रा अस्तित्वमा धावा बोल्ने वाला छौ
बरु अब जाजरकोटमा औषधी पुरयाउने अब हाम्रो लक्ष्य छ
उखेलिएका हाम्रा स्तम्भहरु काधमा राखेर गाड्ने लक्ष्य छ
महल भात्किएर के भो त ??
खुला आकाशमुनी झुपडी बनाएर
लाखौं नेपालीसँगै रमाउने रहर जाग्दै छ , रहर जाग्दै छ !!!
दिल्ली मिती : 20 बैसाख-२०७२