मेजर अप्रेशन नगरेका विरामीलाई जिल्ला पठाउने स्वास्थ्य मन्त्रालय तयारी

मेजर अप्रेशन नगरेका विरामीलाई जिल्ला पठाउने स्वास्थ्य मन्त्रालय तयारी

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, २४ वैशाख ।

सरकारी अस्पतालमा भूकम्पका घाइतेको चाप भएकाले मेजर अपरेशन नगरेकाहरुलाई जिल्ला पठाउने तयारी गरिएको छ ।

जिल्ला जिल्लामा फिल्ड अस्पताल बनाईएकाले मेजर अपरेशन नगरेकालाई फिल्ड अस्पतालमा नै फलोअप गर्ने गरी सिफ्ट गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पपछि देशभर २० वटा फिल्ड अस्पताल बनाईएको छ । तर घाइतेलाई जिल्लामा नै उपचारको व्यवस्था मिलाउन भने केहि समय लाग्ने मन्त्रालयले जनाएको छ ।

टिचिङ, वीर, पाटनलगायतका अस्पतालमा घाइते बढ्न थालेपछि सरकारले गम्भीर घाइते नभएकालाई जिल्ला पठाउने गृहकार्य थालेको हो ।
यस्तै भूम्कपमा परी घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्न बताए पनि धेरैजसो घाइतेले शुल्क तिरेरै उपचार गरिरहेका छन् । देशकै पुरानो र जेठो वीर अस्पताल र प्रसुति गृहमा भूकम्पले क्षती पु¥याएपछि विरामी मारमा परेका छन् ।

वीरले नयाँ विरामी भर्ना लिन छोडेको छ भने प्रसुति गृहले भूईंमा र बाहिर चौरमा नै राखेर सुत्केरीको उपचार गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी