काठमाडौं २४ वैशाख ।
गत शनिबार आएको विनाशकारी भूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्य ७ हजार ७ सय ६० पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो तथ्यांक अनुसार १५ हजार ९ सय ११ जना घाईते भएका छन् । भग्नावशेषमा उत्खनन् कार्य जारी रहेकाले मृतकको संख्य बढ्न सक्ने प्रहरीको अनुमान छ ।
आजपनि भूकम्पमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको शव पहिचान गरि सम्बन्धित देश तथा परिवारलाई पठाउने कार्य हुनेछ । पहिचान नभएका शवको भने विवरण संकलन गरेर व्यवस्थापन गरिने गृह मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारले उद्धारको कार्य लगभग सकिएको जनाउदै राहत वितरणको क्रम जारी राखेको छ । बिहानैदेखि सरकारी र विभिन्न संघ संस्थाका राहत वितरण टोली प्रभावित जिल्लामा पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline