काठमाडौ वैशाख २४ । भूकम्पका कारण त्रिभूवन विश्वविद्यालयको केन्द्रिय कार्षलयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म क्षतिग्रस्त भए पनि परीक्षा भने नरोकिने भएको छ । केन्द्रिय कार्यालय लगायत केही कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण परीक्षा नियन्त्रण कार्यालयमा समेत क्षति पगेको भएपनि परीक्षा नरोक्ने जनाएको छ ।
पनिकाका सह नियनत्रक शंकर भण्डारीले आगामी जेठबाट सुरु हुने परीक्षा नरोकिने बताउनु भयो । ‘केही जिल्ला प्रभावित भएका छन् , तर तराईका जिल्लामा प्रभाव कम छ , संवेदनशील जिल्लालाई ध्यानमा राखेर भएपनि परीक्षा समयमै हुन्छ ।’ सह नियन्त्रक भण्डारीले भन्नु भयो ‘जेठको परीक्षा रोकिएमा धेरै कुरामा प्रभाव पर्ने भएकाले समयमै परीक्षा सन्चालनमा सहयोगका लागि छलफल पनि भइरहेको छ ।’
पनिकामा बुधबारदेखि काम सुचारु भएको छ । पनिकाको भवन चर्किएकाले कर्मचारीहरुले त्रासका बीचमा सेवाग्राहीलाई सेवा दिइरहेका छन् । भूकम्पका कारण त्रिवि केन्द्रिय कार्यालय र रिकास्टमा सबैभनदा बढी क्षति पुगेको छ । उपकुलपति , रेक्टर र रजिस्टारको कार्यालय रहेको तीनतले त्रिविको केन्द्रिय कार्यालय पूर्ण रुपमा क्षति भएको छ ।