एजेन्सी बैशाख २४ । फिल्मा अभिनय गर्दा रुनु बाहेक खासै नरुने सलमान खान त्यो दिन अदालतमा धुरु धुरु रोए जुन दिन उनलाई अदालतले नशामा गाडी कुदाएर मानिस मारेकोमा दोषी ठहर गऱ्यो । त्यस पछि उनले आफूले गाडी नचलाएको तर अदालतको सम्मान गर्ने बताए । त्यस पछि उनका वकिल र बुवा तथा बहिनीले तीव्र प्रयास गरेर २ दिनको जमानत मिले पछि उनी घरमा बसेका छन् । तर आमा छोराको बारेमा आएको फैसला पछि बेहोस नै भएकी थिईन् ।
सलमान खानका वकिलले सलमान खान विरामी रहेका कारण जेल ३ वर्ष मात्र होस् भन्ने न्याधीस समक्ष तर्क गरे तर सरकारी वकिलले १० वर्षको सजाय माग गरेका थिए । यस्तोमा उनी ५ वर्ष जेलका लागि तोकिए । उनका चालकले झुटो बयान दिए पछि उनलाई पनि हिरासतमा राखेको थियो ।
स्क्रीप्ट राईटर सलीमका छोरा सलमान खान १९८८ मा फिल्म बीबी हो तो ऐसी नामक फिल्मबाट २३ वर्षको उमेरमा सहायक अभिनेताको रुपमा बलिउड प्रवेश गरेका थिए । उनी नायक भन्दा पनि निर्देशक हुन चाहन्थे । १८८९ मा उनी नायक रहेको फिल्म मैने प्यार किया सार्वजनिक भयो । पाईरेसीका कारण फिल्म उद्योग खराब अवस्थामा रहेको बेला यो खास केही ठाउमा मात्रै चलाईयो । यस पछि सलमानले अभिनयमा ठूलो स्थान बनाए र सयौ फिल्महरुमा काम गरे ।
तर २८ सेप्टेम्बर २००२ को रात सलमानको ईतिहासमा कालो थियो । उनी पार्टीबाट फर्किदा नशामा रहेका बेला उनले फुटपाथमा सुतिरहेका चार जना व्यक्तिलाई किचे । जस मध्य एक जनाको मृत्यु भयो भने अन्य तीन घाईते । त्यसै मृत्युलाई लिएर आज सलमान खान पाच वर्षका लागि खोरमा जादैछन् । यो प्रकरण बाहेक उनीसग लाईसेन्स विना रिभल्वर राखेर शिकार गरेको आरोप पनि अदालतमा बिचाराधीन मुद्धाको रुपमा बॉकी छ । केही वर्ष पहिले रणवीर कपुरको नाईट क्लबमा कपुरसग‘ खानले कुटाकुट गरेका थिए ।
क्योंकि, शादी करके फंस गया यार, जानेमन, बाबुल, सलाम–ए–इश्क, गॉड तुस्सी ग्रेट हो, युवराज, वीर, मिस्टर एंड मिसेस खन्ना, हैलो, सांवरिया जस्ता फिल्महरु फ्लप भए पछि सलमानको बलिउड भविष्य एक पटक निकै संकटमा पनि परेको थियो । यसबीचमा गोवीन्दाले उनलाई सहयोग गरे वाटेड फिल्मबाट फेरी भूमिका बलियो पारे । रेडी, दबंग, बॉडीगार्ड, एक था टाइगर, दबंग द्द जस्ता फिल्मले सलमानलाई उचाईमा पुऱ्यायो । उनले पछिल्लो समय बिईङ ह्युमन नामक संस्था खोलेर आफ्नो छवि सुधार गरेका थिए ।
मंहगो उपहार दिने , शरीर फिट राख्ने जस्ता टिप्स दिन पनि उनी खप्पीस नै थिए । फिल्म क्षेत्रमा प्रवेश गर्नु अघि नै उनको रोमान्स संगीता बिजलानी सग‘ चलिरहेको थियो तर त्यो बिबाहमा परिणत भएन । फेरी सोमी अलि सलमानको प्रेमीका बनिन् तर उनी पनि जीवन साथी बन्न सकिनन् । त्यस पछि ऐश्वर्या राय र सलमानको प्रेम चल्यो । रायलाई यति प्रेम गर्थे कि सलमानले एक दिन फिल्मबाट आफ्नी प्रेमीकालाई हटाएको निहुमा उनले हगामा खडा गरेका थिए तर त्यस पछि दुवैको सम्बन्ध टाढियो । त्यस पछि सलमानको नाम क्याट्रीना क्याफसग‘ जोडियो तर फेरी पनि क्याट्रीनाले रणवीर कपुरसग‘ बिबाह गर्दैछिन् र सलमान ५० वर्ष सम्म अविवाहित नै रहेका छन् । अब जेल सकिदा उनी ५५ वर्षका हुन्छन् र विवाहका लागि उमेरले निकै डाडा काटीसकेको हुने छ ।