राजनीतिक दलका नेताहरुप्रति वितृष्णा जगाउने संगठित प्रयास :-अध्यक्ष ओली

राजनीतिक दलका नेताहरुप्रति वितृष्णा जगाउने संगठित प्रयास :-अध्यक्ष ओली

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ, २३ बैशाख ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पको विपत्तिका बेला राजनीतिक दलका नेताहरुप्रति वितृष्णा जगाउने संगठित प्रयास भएको बताएका छन् ।

सम्पूर्ण राजनीतिक दलहरु नागरिकलाई राहतका कार्यक्रम दिन, दीर्घकालिन योजनाहरु तयार पार्न लागिपरेको ओलीले बताए ।‘राजनीतिक दल र नेताहरुले संकटको घडीमा हेरेनन् भन्ने गलत प्रचार भएको छ,’ नुवाकोटका सन्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘देशलाई संकट परेको घडीमा यो कुरा उचित भएन ।

’पीडितका वडा-वडा र बस्ती-बस्तीमा नेताहरु दौडधुप गर्ने भन्दा पनि राहतसामाग्री संकलन गर्ने र पीडितलाई प्रत्यक्ष सहयोग पुग्ने खालको काममा लागिरहेको ओलीले बताए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय विपतको घडीमा एकतावद्ध भएर पीडाको सामना गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरु एकतावद्ध भएर भएर नुवाकोट आएको बताए ।

प्रचण्डले अहिलेको विपत् चुनौती र अवसर लिएर आएको बताए । ‘हरेक चुनौतीले अवसर बोकेर आएको हुन्छ,’ प्रचण्डले भने, ‘धेरै क्षति यसले ल्याए पनि राष्ट्र निर्माणको अवसर सँगसँगै रहेको छ ।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालासँगै ओली र प्रचण्ड भूकम्प प्रभावित क्षेत्र अवलोकनका लागि नुवाकोट पुगेका हुन् । रसुवाको भ्रमणपछि नेताहरु नुवाकोट आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी