नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प ,,काभ्रेमा एक महिलाको मृत्यु

नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प ,,काभ्रेमा एक महिलाको मृत्यु

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, २३ वैशाख ।

चर्किएको घरभित्र सुत्दै आएकी काभ्रेकी एक महिलाको बुधबारको भूकम्पबाट घर भत्किएर पुरिँदा मृत्यु भएको छ । खार्पाचोक ४ की ५२ वर्षीया सानुमाया तामाङको घरले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला विकास समिति काभ्रेका अनुसार खार्पाचोकमा गत शनिबारको विनाशकारी भूकम्पले एक जनाको पनि मृत्यु भएको थिएन । तर, २१ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति पुगेको छ ।बुधबार बिहान ४ बजेर ४० मिनेटमा नुवाकोट आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ४ रेक्टर स्केल भन्दा कमको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो ।

यही वैशाख १२ गते गएको ७ दशमलव८ रेक्टर स्केलको भूकम्पपछि साना धक्काहरु जाने क्रम जारी छ । भूकम्पले अधिकांश घर भत्किएका छन् भने कतिपय चर्किएका छन् ।

चर्किएका घर सानो धक्काले पनि भत्किने भएकाले त्यस्ता घर बस्नयोग्य भए नभएको जाँच गरेर मात्रै बस्नुपर्ने विज्ञहरुको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी